समाज

नागरिककर्मीलाई नगर विकास पत्रकारिता पुरस्कार

नागरिककर्मी अधिकारीलाई पुरस्कार प्रदान गरिँदै । तस्बिरः नागरिक

ताप्लेजुङ – फुङ्लिङ नगरपालिकाले हरेक वर्ष प्रदान गर्दै आएको नगर विकास पत्रकारिता पुरस्कार यस वर्ष नागरिककर्मी खगेन्द्र अधिकारीलाई प्रदान गरिएको छ।

नगरपालिकाले शनिबार आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रमसँगै अधिकारीलाई पाँच हजार राशिको पुरस्कारसहित दोसल्ला तथा प्रमाणपत्र प्रदान गरिएको हो।

नगर प्रमुख छत्रपति प्याकुरेल, उपप्रमुख बमबहादुर भट्टराई(तारा) र प्रमुख प्रशासकीय अधिकृत महेशराज तिमल्सिनाले पुरस्कार प्रदान गरे। नागरिककर्मी अधिकारीलाई पत्रकारिताका माध्यमबाट नगर विकासको क्षेत्रमा महत्वपूर्ण योगदान दिएको भन्दै फुङ्लिङ नगरपालिकाले पुरस्कृत गरेको हो।

प्रकाशित: २१ असार २०७६ ०९:०७ शनिबार

पत्रकारिता_पुरस्कार फुङ्लिङ_नगरपालिका नागरिककर्मी