समाज

बम राखेको अभियोगमा ५ जना पक्राउ

दमक– झापाको कन्काई नगरपालिका–४ स्थित कन्काई नदीको पुलमा प्रेसर कुकर बम राखेको अभियोगमा पाँच जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। गत वैशाख २९ गते उनीहरूले कन्काई नदीको पुलमा शंकास्पद प्रेसर कुकर बम राखेको अभियोग छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार झापा, हल्दीबारी–७ भुल्का बस्ने २७ वर्षका दीपेश न्यौपाने, शिवसताक्षी–१० सैनिक बस्तीका ६४ वर्षका चौहान साइला भन्ने रामचन्द्र चौहान, दमक–१ बस्ने वर्ष ४२ का सञ्जय खरेल, मोरङ सुन्दरहरंैचा–७ दुलारी बस्ने वर्ष २१ का कमल कोइराला भन्ने लालमणि कर्णखर र मोरङ उर्लाबारी–१ झारसादी टोल बस्ने वर्ष १९ का मनीष माझी विभिन्न स्थानबाट पक्राउ परेका छन्।

उनीहरूविरूद्ध प्रहरीले विस्फोटक पदार्थ तथा संगठित अपराधसम्बन्धी मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

 

प्रकाशित: २१ असार २०७६ ०६:५१ शनिबार

बम पक्राउ