समाज

बँदेलको आक्रमणबाट दुई जना घाइते

डाेटी- केआइसिंह गाउँपालिका–१ बाउजेलामा आज जङ्गली बँदेलको आक्रमणबाट दुई जना घाइते भएका छन्।

प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार खेतमा काम गरिरहेको अवस्थामा जङ्गली बँदेलले आक्रमण गर्दा ३२ वर्षीय जगत विक र ३२ वर्षीय इन्द्र विक घाइते भएका हुन्। घाइते जगतको अवस्था गम्भिर छ।

उनलाई उपचारका लागि जिल्ला बाहिर लैजान सिफारिस गरिएको शैलेश्वरी अस्पताल, दिपायलका निर्देशक डा आइजङ  कुँवरले जानकारी दिए। अर्का घाइते इन्द्रको शैलेश्वरीमा उपचार भइरहेको छ। रासस

प्रकाशित: २० असार २०७६ १४:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App