दार्चुला– अपीहिमाल गाउँपालिकाको दुई छुट्टाछुट्टै स्थानमा भीरबाट लडेर दुई जना यार्सागुम्बा संकलकहरुको मृत्यु भएको छ।
अपीहिमाल गाउँपालिका ३ क्षत्तिको धरमघर लेकमा बिहीबार भीरबाट लडेर नौगाड गाउपालिका २ पन्खायाका अन्दाजी ३७ बर्षका शेरसिह ठगुन्नाको मृत्यु भएको स्थानीय गोविन्दसिह ठगुन्नाले बताए। त्यस्तै अपीहिमाल गाउँपालिकाकै वडा नम्बर १ को सिमार लेकमा यार्सा संकलनका क्रममा भीरबाट लडेर अपीहिमाल गाउँपालिका ३ काटैका अन्दाजी ४३ बर्षीय दमनसिह कार्कीको बुधबार मृत्यु भएको हाे। भीरबाट लडेका कार्कीको शव सिमार लेकको तलतिर बिहीबार भेटिएकाे साेभान सिंह लाेथ्यालले बताए।
बहुमुल्य यार्सागुम्बा संकलन गर्ने क्रममा बर्षेनी भीरबाट लडेर संकलकहरुको ज्यान जाने गरेको छ। यस बर्ष दार्चुलामा यार्सा संकलनकै क्रममा यसअघि एक जना संकलकको मृत्यु तथा अन्य दुई जना घाइते भएका थिए।
प्रकाशित: २० असार २०७६ १३:४१ शुक्रबार