समाज

छातिमा दुखाई बढेपछि काठमाडौं महानगरकी उपमेयर अस्पताल भर्ना

काठमाडौं– काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीलाई अस्पताल भर्ना गरिएकाे छ। शुक्रबार दिउँसो अकस्मात छातिमा दुखाइ बढेपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पताल लगिएकाे छ।

अहिले उनलाई चिकित्सकहरुले उपचार गरिरहेको खड्गीको सचिवालय नागरिक न्यूजलाई जानकारी दियो।

 

प्रकाशित: २० असार २०७६ ०९:३० शुक्रबार

काठमाडौं_महानगरपालिका हरिप्रभा_खड्गी