समाज

स्थानीयले बनाएको काठे पुल

स्थानीयले बनाएको कच्ची काठे पुल तस्वीरः धु्रबसागर शर्मा/रासस

म्याग्दी - म्याग्दीको रघुगंगा गाउँपालिका १ को बेगस्थित खहरे खोलामा पुल नहुँदा स्थानीयले सास्ती खेप्नु परेको छ। वर्षातमा बाढी आउने उक्त खोलामा पुल नभएपछि आवतजावत गर्न सास्ती भएको भन्दै स्थानीयले काठे पुल बनाएका छन्।

उक्त काठको कच्ची पुल प्रयोग गरेर महादेव माविमा अध्ययन गर्ने बालबालिकाहरुलाई आवतजावत गर्ने गरेका छन्।

प्रकाशित: २० असार २०७६ ०३:३६ शुक्रबार

काठे_पुल सास्ती