समाज

धादिङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

धादिङ– धादिङको ज्वालामुखी गाउँपालिका वडा नं ६ मा काउले डाँडामा मिनि ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। तीन जना घाइते छन्। दुर्घटनामा ज्वालामुखी गाउँपालिका वडा नं ६ बस्ने ३६ वर्षीय कृष्ण रम्तेलको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ।

धादिङबेसीबाट ज्वालामुखीको ढकाल गाउँतर्फ जाँदै गरेको बा २ ख ९७५० नम्बरको सिमेन्ट लोड भएको स्वराज ट्रक दुर्घटना भएको हो। उकालो चढ्ने क्रममा अचानक ब्रेक फेल भई स्वराज ट्रक ब्याक हुन पुगी सडक छेउको भित्तामा ठोक्किएको थियो।

दुर्घटनामा ज्वालामुखी गाउँपालिका वडा नं ६ बस्ने २२ वर्षीय बिनु सुनार, उनकी दुई वर्षीय छोरी कपिज सुनार र ट्रकका चालक सोही ठाउँका २५ वर्षीय दिवाकर ढकाल घाइते भएका छन्। घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। 

प्रकाशित: १९ असार २०७६ ११:१० बिहीबार

दुर्घटना मिनिट्रक काउले_डाँडा मृत्यु