समाज

राष्ट्रिय साइबर सुरक्षा अनुगमन केन्द्र आजबाट संचालनमा

तस्बिरः दीपेश श्रेष्ठ

काठमाडाैं– राष्ट्रिय साइबर सुरक्षा अनुगमन केन्द्र आजबाट संचालनमा आएको छ।

बुधबार  सञ्‍चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले एक कार्यक्रमका बीच अनुगमन केन्द्रको उद्घाटन गरे। पहिलो चरणमा नेपाल भित्र चलिरहेका डट कम र डट एनपी का साथै डट जिओभि डट एनपी भित्रका सबै डोमेन र वेबसाइट अनुगमन गर्ने गरि यो केन्द्र संचालनमा आएको बताइएको छ। यो केन्द्रले नेपाल भित्र संचालनमा रहेका वेबसाइटहरुको बिस्तृत अनुगमन गर्ने सह सचिव बिरेन्द्र कुमार मिश्रले जानकारी दिए।

सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयमा रहेको यो अनुगमन केन्द्रले नेपालमा संचालनमा रहेका सबै वेबसाइडहरू कहाँबाट खोलिएको छ र के काम गरिरहेको छ भन्ने जानकारी दिने गर्दछ।

साथै इन्टरनेट प्रोटोकल पछ्याउदै गरिने यस्तो अनुगमनले साइबर सुरक्षा सम्बन्धी चुनौती र आक्रमणको सूचना पनि दिने छ। उद्घाटन कार्यक्रममा मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले आगामी दिनमा नेपाल भित्र छिर्ने सबै प्रकारका इन्टरनेट प्रोटोकल र वेबसाइट तथा  नेपालका सरकारी वेब साइटको विश्वभरि खोलिने जानकारी प्राप्त गर्नेगरी अनुगमन गर्ने प्रविधि राख्ने पनि जानकारी दिए।

यो अनुगमन केन्द्रको स्थापना पछि नेपालको साइबर सुरक्षा प्रविधिमा नयाँ प्रविधिको प्रवेश भएको मानिएको छ। यसले सरकारी वेबसाइट अनुगमन र ह्याकिंग हुनबाट जोगाउन सहयोग पुग्ने छ।

राष्ट्रिय_साइबर_सुरक्षा_अनुगमन_केन्द्र गोकुल_बास्कोटा