समाज

आठ वर्षपछि फैसलाः नेकपाका नेता कार्की भ्रष्टाचारी ठहर

काठमाडौं– सर्वोच्च अदालतले तत्कालीन नेकपा एमालेका नेता डोलबहादुर कार्कीलाई भ्रष्टाचारी ठहर गरेको छ। न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार रेग्मीको संयुक्त इजलासले ९ वर्षअघि विशेष अदालतले गरेको फैसला सदर गर्दै कार्कीलाई भ्रष्टाचारी ठहर गरेको हो।

कार्की पूर्व संविधानसभा सदस्य र हाल सत्तारूढ दल नेकपाका नेता हुन्। २०६७ सालमा अख्तियारले दर्ता गरेको भ्रष्टाचार मुद्दा फैसला गर्दै विशेष अदालतले उनलाई भ्रष्टाचारी ठहर गरेको थियो। मुद्दामा चित्त नबुझेपछि कार्कीले विशेषको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन निवेदन दिएका थिए। सर्वोच्चले निवेदन दर्ता भएको आठ वर्षपछि विशेषको फैसला सदर गरेको हो।

प्रकाशित: १७ असार २०७६ १४:५८ मंगलबार

नेकपा डोलबहादुर_कार्की भ्रष्टाचारी_ठहर