समाज

पोखरीमा पौडी खेल्ने क्रममा डुवेर दाजुभाइको मृत्यु

तनहुँ- म्याग्दे गाउँपालिका–२ जामुने स्थित माछापुच्छे इट्टाभट्टाको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर एकै परिवारका दुईजना दाजुभाईको मृत्यु भएको छ। स्कुलबाट घर फर्कने क्रममा  पोखरीमा पौडी खेलेका  म्याग्दे–२ का कृष्ण वहादुर शाहीका ७ वर्षिय छोरा सुन्दर शाही र ४ बर्षिय किस्मत शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। शाहीहरु संगै अन्य बालबालिका समेत पौडी खेलेका थिए।

शाही दाजुभाई पोखरीमा डुवेपछि १३ वर्षिय आशिक शाहीले हारगुहार गर्दा इट्टाभट्टामा काम गर्नें बर्तमान चौधरीले उनिहरुलाई उद्धार गरेका थिए। पोखरीमा डुवेर गम्भिर घाईते भएका शाही दाजुभाई दमौली अस्पतलामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले बताए।

 

प्रकाशित: १७ असार २०७६ ११:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App