समाज

ट्राफिक नियम उल्लंघन बढ्दै

गोरखा – सवारी चालकले ट्राफिक नियम उल्लंघन गर्ने क्रम बढ्दै गएको छ। असार पहिलो सातासम्म ९ हजार ६ सय सवारीसाधन कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख सुकबहादुर विकले बताए।

ती सवारी साधनले ६५ लाख ४१ हजार जरिवाना बुझाएका छन्। २०७२/७३ मा ट्राफिक नियम उल्लंघन गर्ने सात हजार ९ सय सवारीसाधनलाई ३३ लाख ७० हजार जरिवाना तिराइएको थियो। २०७३/७४ मा ५१ लाख ५३ हजार रुपैयाँ जविरवानाबापत् राजस्व दाखिला भएको ट्राफिक प्रहरीले जनाएको छ। त्यतिबेला आठ हजार सवारीसाधन कारबाहीमा परेका थिए। गत वर्ष ७१ लाख ६० हजार एक हजार एक सय सवारी साधनबाट जरिवाना उठेको थियो।

पछिल्लो समय निर्माण सामग्री ढुवानी गर्ने र निजी सवारी साधन ह्वातै बढेकाले कारबाही बढेको हुन सक्ने अनुमान ट्राफिक प्रहरीको छ। चालू आर्थिक वर्षको जेठ महिनामा ९ सय ५० सवारीसाधन कारबाहीमा परे। ती सवारीबाट ६ लाख ७१ हजार पाँच सय रुपैयाँ जरिवाना संकलन भएको छ।

सबैभन्दा धेरै ट्रक, टिपर कारबाहीमा परेका छन्। पानी चुहाउने, निर्माण सामग्री अव्यवस्थितरूपमा बोक्ने, राख्ने, कागजात नवीकरण नगर्ने, अनुमतिपत्र नलिई चलाउनेलगायतका कारण कारबाही धेरै भएको ट्राफिक प्रहरीको भनाइ छ।

 

प्रकाशित: १७ असार २०७६ ११:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App