काठमाडौं– लोकसेवा आयोगको विज्ञापन कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
विज्ञापनसम्बन्धी ४ वटा रिट परेको थियो। उक्त रिटमाथि न्यायाधीशद्वय कार्की र भट्टराईको इजालसमा बहस भएको थियो। रिटलाई सर्वोच्चले एकै ठाउँमा राखी सुनुवाइ गरेको थियो।
सर्वोच्चले रिटलाई अग्राधिकार दिँदै १५ दिनभित्र पूर्ण इजालासमा पेश गर्न भनेको छ। लाेकसेवाले ५ सय १५ स्थानीय तहमा ९ हजार १६१ कर्मचारीका लागि विज्ञापन खुलाएकाे थियाे।
प्रकाशित: १६ असार २०७६ १३:४७ सोमबार