समाज

ब्रिटिस गोर्खा सत्याग्रहको आन्दोलन स्थगित

काठमाडौं – बेलायत सरकारले विभेद् गरेको भन्दै आन्दोलन गरिरहेको ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले जुलाई १ देखि गर्ने भनेको आन्दोलनका कार्यक्रमहरू स्थगन गरेको छ।

सोमबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै समितिले प्रधानमन्त्रीको बेलायत भ्रमणमा समकक्षी थेरेसा मेसँग पूर्व गोर्खाहरूको समस्याबारे संवाद गरेको र बेलायती पक्षले सकारात्मकरूपमा लिएको भन्दै आन्दोलनमा जाने निर्णय फिर्ता लिएको बताएको छ।

पत्रकार सम्मेलनमा ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति नेपाल च्याप्टरका संयोजक लालबहादुर घिसिङले प्रधानमन्त्री ओलीको बेलायत भ्रमणमा भएको द्विपक्षीय संवादलाई सकारात्मक रुपमा लिएको भन्दै ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिलाई बेलायत सरकारले पत्र लेखेर पठाएको हुँदा हाललाई जुलाई १ बाट गर्ने भनेको आन्दोलनको कार्यक्रम फिर्ता लिएको जानकारी दिए। साथै घिसिङले नेपाल सरकारले विगतमा झैँ पहलकदमी लिने समयमा झारा टार्ने काम नगर्न चेतावनी पनि दिए।

प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपाल सरकारलाई ब्रिटिस गोर्खाका पूर्व सैनिकहरूको सम्बन्धमा बेलायत सरकारसँग वार्ता गर्न निर्देशन दिएको छ। ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले समस्या समाधान गर्न उच्चस्तरीय वार्ता समिति गठन गर्न पनि माग गरेका छन्।

प्रकाशित: १६ असार २०७६ ११:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App