समाज

थप टोली लिएर सेनाको हेलिकप्टर संखुवासभामा

फाइल फोटो

काठमाडौं– संखुवासभामा सुरक्षाका लागि गस्तीमा रहेको प्रहरी टोली र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताबीच दोहोरो गोली हानाहान भएपछि थप टाेलि लिएर नेपाली सेनाको हेलिकप्टर गएको छ।

सोमबार बिहान करिब साढे ९ बजे सिलिचोङ गाउँपालिका–१ ह्वाङलामा दुबैपक्षबीच गोली हानाहान भएपछि थप टोली लिएर सेनाको हेलिकप्टर थप टाेलि लिएर संखुवासभा गएकाे हाे।

सहायक प्रहरी निरिक्षक उमेष थापाकाे कमाण्डमा १५  र नेपाल प्रहरीकाे प्रहरी सहायक निरिक्षककाे कमाण्डमा १० जनाकाे टाेलि लिएर काठमाडौंबाट नेपाली सेनाको एमआई १७ हेलिकप्टर दिउँसाे १२ बजे गएकाे हाे।

सुरक्षा निकायले दिएकाे जानकारी अनुसार दिउँसाे १२:१५ बजे नेपाली सेनाको एमआई १७ हेलिकप्टरद्धारा प्रहरी निरिक्षक शेखरजंग मल्लको कमाण्डमा २५ जनाको टोली गएकाे हाे। त्यस्तै दिउँसाे १ः ४० बजे वाङ्ला भन्ने स्थानमा एउटा हेलिकप्टर ल्याण्ड भएको र दिउँसाे २ः०५ बजे सोही स्थानमा अर्को हेलिकप्टर ल्याण्ड गरी प्रहरी कमाण्डहरुलाई झारेर हेलिकप्टर विराटनगर गएकाे हाे।

संखुवासभा प्रहरी कार्यालयका प्रमुख डिएसपी मिमबहादुर लामाले पुष्टि गरेका छन्। सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त गस्तीमा रहेको १९ जनाको  प्रहरी टोलीमाथि विप्लवका कार्यकर्ताले गोली चलाएपछि प्रहरीले जवाफी फाइरिङ गरेको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले बताए।

प्रकाशित: १६ असार २०७६ ०९:४५ सोमबार

विप्लव_समूह गोली_हानाहान हेलिकप्टर