समाज

पानी नपरेपछि धान रोप्न ट्युवेलको भर (भिडियो रिपोर्ट)

 

काठमाडौं- आज असार १५ अर्थात धान दिवस। कृषकहरुलाई यतिबेला रोपाई गर्न भ्याई नभ्याई हुने समय हो तर आकासे पानीमा भर पर्नु परेपछि अधिकांश किसानहरु चिन्तित छन्।

धेरै जसो खेतहरुमा रोपाइँको सुरसारै देखिन्न तर कतिपयले भने मोटरबाट पानी तानेर भए पनि खेत हिल्याउँदै छन्। सरकारले 'धान दिवस' को नारा लगाइरहँदा कृषकहरु भने सिंचाईको अभाव झेलिरहेका छन्।

नाम मात्रका यस्ता दिवस र पर्वले उनीहरुका बास्तविक समस्याको न त पहिचान भएको छ न त कुनै समाधान। उपत्यकाकै सुर्यबिनायक नगरमा कृषकहरुले मोटरबाट पानि तानेर रोपाईं गरेका छन् आकाशे पानिमा भर पर्नु परेपछि सो क्षेत्रका अधिकांश खेतहरु बाझै देखिन्छन्। यसै विषयलाई समेटेर नागरिककर्मी प्रेमनाथ श्रेष्ठले तयार पारेको भिडियो रिपोर्ट :

 

 

प्रकाशित: १५ असार २०७६ ०९:५९ आइतबार

असार_१५ रोपाई धान_दिवस सिंचाई_अभाव