समाज

हात्ती मृत फेला

झापा – झापाको हल्दीबारी गाउँपालिका–४ स्थित रणकाली सामुदायिक वनमा आज बिहान हात्ती मृत फेला परेको छ। सो हात्ती करेन्ट लागेर मरेको जिल्ला वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले जानकारी दिए।

सामुदायिक वनको उत्तरी क्षेत्रको वस्तीलाई हात्तीबाट जोगाउने उद्देश्यले स्थानीयवासीले लगाएको विद्युतीय बारमा हात्तीलाई करेन्ट लागेको हो। जिल्ला वन कार्यालय र प्रहरीको टोली घटनास्थलमा पुगेको छ। हात्ती अढाई वर्षको रहेको सहायक वन अधिकृत जीवन पाठकले बताए।

जिल्ला वन कार्यालयको तथ्याङ्कअनुसार झापामा एक दशकयता १० हात्ती मरेका छन्। हात्तीको आक्रमणबाट ३९ जनाले ज्यान गुमाएका छन्।  रासस

प्रकाशित: १४ असार २०७६ ०५:३३ शनिबार

हात्ती मृत