समाज

पत्नी हत्याको आरोपमा पक्राउ

बर्दिया– मधुवन नगरपालिका–९ बस्ने ४५ वर्षीया पत्नी दिलमाया देशुवा मगरलाई आफ्नै श्रीमानले बिहीबार कुटपिट गरेर हत्या गरेको आरोपमा पतिलाई प्रहरीले पक्राउ गरेको छ।

दिलमायालाई श्रीमान् केशरबहादुरले मुक्का तथा लाठीले कुटपिट गरेर बेहोश बनाएको र जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। श्रीमतीको हत्या गरेको आरोपमा ५० वर्षीय केशरबहादुरलाई प्रहरीले पक्राउ गरेको हाे। हेटौँडाबाट मृतकका माइतीपक्ष आएपछि आज नै शव परीक्षण गरी अन्तिम संस्कारका लागि बुझाइएको प्रहरीले जनाएको छ।

पीडित पक्षबाट आरोपित विरुद्ध आज उजूरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक लक्ष्मण वलीले जानकारी दिए। रासस

प्रकाशित: १३ असार २०७६ १४:०७ शुक्रबार

कुटपिट हत्या पक्राउ