समाज

यसरी हेर्नुहाेस् घरबाटै एसईई नतिजा

काठमाडाैं- २०७५ सालको माध्यमिक शिक्षा (एसईई) परीक्षाको नतिजा सार्वजनिक भएकाे छ। राष्ट्रिय परीक्षा बोर्डका परीक्षा केहि समयअघि नतिजा सार्वजनिक गरेकाे हाे।

नतिजाकाे लागि नेपाल टेलिकमका ग्राहकले १६०० मा डायल गरी प्राप्त निर्देशन अनुसार जानकारी लिन सकिने छ। त्यसैगरी टेलिकम तथा एनसेलको मोबाइल प्रयोगकर्ताले १६०० मा म्यासेज गरेर पनि नतिजाबारे जानकारी लिन सकिनेछ।

परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट http://see.gov.np बाट पनि नतिजा हेर्न सकिनेछ । राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट http://www.neb.gov.np/results र नेपाल टेलिकमको वेबसाइट http://see.ntc.net.np/  बाट पनि नतिजा हेर्न सकिनेछ ।

प्रकाशित: १२ असार २०७६ १०:३७ बिहीबार

राष्ट्रिय_परीक्षा_बोर्ड एसईई_नतिजा_सार्वजनिक