समाज

२५ हजार घुससहित शिक्षा इकाइ प्रमुख पक्राउ

सुर्खेत–अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले सल्यानका शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख धनबहादुर वलीलाई २५ हजार घुससहित रंगेहात पक्राउ गरेको छ।

शिक्षक सुरुवा प्रक्रियामा सहजीकरणका लागि भन्दै घुस मागिरहेको सूचनाका आधारमा अख्तियारको टोलीले मंगलबार उनलाई घुस रकमसहित पक्राउ गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत कार्यालयका अनुसार सेवाग्राहीबाट घुस लिँदै गर्दा कार्यालय परिसरबाट वलीलाई पक्राउ गरिएको हो।

 

प्रकाशित: १० असार २०७६ १०:५४ मंगलबार

अख्तियार घुस पक्राउ