समाज

हत्या गरेर भारत फरार, घर फर्किँदा पक्राउ

रुकुम– हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)ले एक युवालाई पक्राउ गरेको छ। जिल्लाको बाँफिकोट गाउँपालिका ६ मग्माका २४ वर्षिय बृषबहादुर बश्याललाई हत्या आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए। पक्राउ परेका बश्यालले जिल्लाको मुसीकोट नगरपालिका ५ सेरीगाउँका प्रकाश नेपालीलाई कुटपिट गरी हत्या गरेको प्रहरीले दाबी गरेको छ।

गत माघ ६ गते  राती प्रकाशलाई कुटपिट गरेर हत्या गरेपछि बश्याल भागेर भारतमा गएको प्रहरीको भनाई छ। उनी भारतबाट आएर मुसीकोट नगरपालिका ४ चाँपामा लुकीछिपी बसेको गोप्य सूचनाको आधारमा पक्राउ गरिएको डिएसपी खड्काले बताए। गत ८ गते पक्राउ परेका वश्याललाई आइतबार जिल्ला अदालतमा पेश गरेर पूर्पक्षका लागि कारागार चलान गरिएको छ। 

प्रकाशित: १० असार २०७६ ०९:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App