समाज

संसदमा पुग्यो नर्सले तोकिएको पारिश्रामिक नपाएको गुनासो

काठमाडाैं- राष्ट्रियसभाको बैठकमा सांसद उदया शर्मा पौडेलले सरकारले श्रमिकका लागि पारिश्रामिक तोकेको भएपनि नर्सले तोकिएको पारिश्रामिक नपाएको प्रति सरकारको ध्यानाकर्षण गराएका छन्। राष्ट्रियसभाको आजको बैठकमा उनले नर्सको श्रमको उचित मूल्याङ्कन नभएको बताए।

सांसद खिलकुमार विश्वकर्माले सरकारको चालू आवमा सुत्केरीलाई हिमालमा रु एक हजार पाँच सय, पहाडमा रु एक हजार र तराई रु ५ सय  प्रभावकारी रुपमा कार्यान्वयन भएको नदेखिएको प्रति सरकारको ध्यानाकर्षण गराए। रासस

प्रकाशित: १० असार २०७६ ०८:४८ मंगलबार

राष्ट्रियसभा_बैठक नर्स पारिश्रामिक