समाज

ललाइफकाइ बालिका बलात्कार

सोलुखुम्बु – सदरमुकाम सल्लेरीमा १३ वर्षीया बालिका बलात्कृत भएकी छन्। सोमबार साँझ ललाइफकाइ नजिकैको जंगलमा लगेर बलात्कार गरेको आरोपमा २५ वर्षीय एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पीडित बालिकाको स्वास्थ्य परीक्षणपछि आफन्तको जिम्मा लगाइएको प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिए। बालिकाको अवस्था सामान्य छ। बालिकाले अभिभावकलाई घटना बताएपछि अभिभावकले प्रहरीलाई खबर गरेका थिए।

खबर पाएलगत्तै प्रहरीले बलत्कारमा संलग्न युवकलाई सल्लेरी बजार आसापासबाटै पक्राउ गरेको हो। युवकलाई हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

 

प्रकाशित: १० असार २०७६ ०८:०३ मंगलबार

ललाइफकाइ बलात्कार पक्राउ