समाज

पोखरामा विप्लव समूहका सेक्रेटरी पक्राउ

पोखरा - प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका लमजुङका सेक्रेटरी पोखरामा पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीका अनुसार विप्लव समूहका लमजुङ सेक्रेटरी विनोद सोनामलाई पक्राउ गरिएको हो।

उनलाई पोखरा महानगरपालिका–४ सिद्धाचोकबाट सोमबार राति प्रहरीले पक्राउ गरेको हो।  पक्राउ परेका सोनाममाथि थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कार्कीले बताए ।

प्रकाशित: १० असार २०७६ ०२:५९ मंगलबार

नेत्र_विक्रम_चन्द विप्लव सेक्रेटरी पक्राउ