समाज

अवैध भरुवा बन्दुकसहित पक्राउ

पाँचथर– जिल्ला प्रहरी कार्यालय पाँचथरले अबैध भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका–१, स्थायी घर भई हाल फिदिम नगरपालिका ७ बस्ने बस्ने कालीबहादुर तामाङ रहेका छन्।

आइतबार राति नौ बजे नाङलापा हाङफाबुङस्थित बाटोमा बन्दुक बोकेर हिँडिरहेका तामाङलाई पक्राउ गरिएको पाँचथरका प्रहरी निरीक्षक अनिल पौड्यालले जानकारी दिए। तामाङलाई अस्थायी प्रहरी चौकी रानीटारको गस्ती टोलीले पक्राउ गरेको पौडेलले बताए। तामाङलाई सोमबार जिल्ला अदालत पाँचथरबाट हातहतियार तथा खरखजाना मुद्दाअन्तर्गत म्याद लिई थप अनुसन्धान शुरु गरिएको छ।रासस

 

प्रकाशित: १० असार २०७६ ०२:४१ मंगलबार

भरुवा_बन्दुक प्रहरी पक्राउ