नुवाकोट - नुवाकोटको बिदुर नगरपालिकाका मेयर सन्जु पण्डितको घरमा फेला परेको प्रेसर कुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ। मंगलबार राति पण्डितको घरमा बम फेला परेको थियो।
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको पूर्व सन्ध्यामा मेयरको घरमा बम फेला परेको हो। बम कसले राखेको हो भन्ने यकिन नभएको भए पनि विप्लव समूहले नै राखेको हुनसक्ने प्रहरीको अनुमान छ।
प्रकाशित: १० असार २०७६ ०१:३४ मंगलबार