समाज

भेरीले बगाएर दुई बालकको मृत्यु

डोल्पा- भेरी नदीमा नुहाउन गएका दुई बालकको भेरीले बगाएर मृत्यु भएको छ। त्रिपुरासुन्दरी नगरपालिका–५ ल्हाँ गाउँका दुई बालकको भेरीले बगाएर मृत्यु भएको हो।

खदाङ्गस्थित हरियापनी भन्ने ठाउँमा भेरीको नदिको किनारमा पौडी खेलीरहेको बेलामा भेरीको छालले बगाएर मृत्यु हुनेहरुमा ल्हाँ गाउँका १३ वर्षीय बीरबहादुर नेपाली र १४ वर्षीय विमल नेपाली रहेका छन्। उनीहरु मष्टा आधारभुत विद्यालयमा कक्षा ७ मा अध्यायनरत थिए। भेरीले बगाएर मृत्यु भएका विमलको शव भेटिएपनि बीरबहादुरको भने शव पत्ता नलागेको स्थानीय प्रत्यक्षदर्शी जयकृष्ण न्यौपानेले बताए।

वर्षात शुरु भएसँगै भेरी नदीको बहाव बढेकाले कोही कसैलाई पनि भेरी किनारमा नजान इलाका प्रहरी कार्यालयले खदाङ्ग बजारमा माइकिंग मार्फत सुचना दिएर सचेत गराइरहेको सई प्रमबहादुर बोहराले बताए।

प्रकाशित: ९ असार २०७६ ०९:०१ सोमबार

भेरी_नदी बालक_बगायाे