समाज

बस दुर्घटना हुँदा १३ जना घाइते

नेपालगन्ज- पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको कुसुममा बस दुर्घटना हुँदा १३ जना यात्रु घाईते भएका छन्। दाङको घोराहीबाट नेपालगन्जतर्फ आउँदै गरेको ना ७ ख ८३८२ नम्बरको बस राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ कुसुमस्थित बाँसखोलीमा आइतबार बिहान दुर्घटनामा परेको हो। दुर्घटनामा परी बसमा सवार करिव १३ जना यात्रु घाईते भएको ईलाका प्रहरी कार्यालय कुसुमका ईन्चार्ज एवम् प्रहरी नायव निरीक्षक लक्ष्मणबहादुर ऐरले जानकारी दिए।

दुर्घटनाका घाईते सबैको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको बताइएको छ । दुर्घटनाको कारण खुल्न नसकेपनि तिब्र गतिमा बस गुडेको हुनसक्ने प्रहरीको आशंका छ। दुर्घटनापछि बसका चालक फरार भएका छन्।

 

 

 

 

 

 

 

प्रकाशित: ८ असार २०७६ ०६:५९ आइतबार

दुर्घटना राजमार्ग घाइते