समाज

रसुवागढी नाका जोड्ने सडक अवरुद्ध

रसुवा–पहिरोका कारण रसुवागढी नाका जोड्ने सडक अवरुद्ध भएको छ। अविरल वर्षाका कारण शनिबार राति ८ बजे स्याफ्रु–रसुवागढी सडक खण्डको लिङलिङमा पहिरो गएको हो।

आइतबार बिहानैदेखि पहिरो पन्छाउने काम सुरु भएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए। रसुवागढी जलविद्युत् आयोजना र लाङटाङ खोला जलविद्युत् आयोजनाले पहिरो पन्छाउने काम गरिरहेका छन्।

वर्षाको समयमा नाका जोड्ने सडक बर्सेनि अवरुद्ध हुँदै आएको छ।  सडक नियमित सञ्चालनका लागि कार्ययोजना बनाएर तयारी अवस्थामा बसिएको प्रजिअ भण्डारीको भनाइ छ।
 

प्रकाशित: ८ असार २०७६ ०५:२६ आइतबार

अविरल_वर्षा पहिरो सडक_अवरुद्ध