समाज

घुस लिने क्रममा असई पक्राउ

इटहरी– सेवाग्राहीबाट घुस लिने क्रममा सुनसरी भोक्राहा–नरसिंह गाउँपालिकामा रहेको प्रहरी चौकीका असई पदम कटुवाल शनिबार पक्राउ परेका छन्।

सेवाग्राहीबाट सात हजार रुपैयाँ घुस लिदै गर्दा कटुवाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको टोलीले पक्राउ गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे टाेलीले कटवाललाईं प्रहरी चौकीबाटै पक्राउ गरेको हाे। पक्राउ परेका कटुवालमाथि आयोगले छानबिन थालेको छ।

प्रकाशित: ७ असार २०७६ १४:०२ शनिबार

घुस पक्राउ