समाज

जथाभावी औषधि नबेच्न सुझाव

ताप्लेजुङ - निजी स्वास्थ्य संस्थालाई लागुऔषधका रुपमा प्रयोग हुने प्रकारका औषधि जथाभावी रुपमा बिक्री वितरण नगर्न जिल्ला अनुगमन समितिले सल्लाह दिएको छ ।

पछिल्लो समयमा नार्कोटिकलगायतका औषधिलाई युवाले लागुऔषधका रुपमा प्रयोग गर्ने गरेको पाइएकाले यसको नियन्त्रणका लागि बिक्री वितरणलाई व्यवस्थित गर्न समितिले सुझाएको हो । आज सदरमुकामका निजी अस्पताल तथा क्लिनिकमा अनुगमन गर्दै समितिले डाक्टरको रिपोर्ट लिएर आएका बिरामी बाहेकलाई औषधि नबेच्न भनेको छ।

एन्जाईटिकलगायतका समस्या हुँदा प्रयोग गरिने उक्त औषधिलाई युवायुवतीले लागुऔषधको रुपमा प्रयोग गर्ने गरेका छन् । अनुगमनकै क्रममा औषधिलाई स्टोर गरेर राख्न, म्याद नाघेकालाई छुट्टै राख्न समेत सुझाव दिएको अनुगमन समितिका सदस्य तथा जिल्ला अस्पतालका डाक्टर सोनिङ लामाले बताए।

आज गरिएको अनुगमनका क्रममा अवैध नभेटिएको समेत लामाको भनाइ छ । तमोर अस्पताल, लाईफ फार्मेसीलगायतका स्वास्थ्य संस्थामा आज अनुगमन गरिएको थियो।

प्रकाशित: ७ असार २०७६ ०९:०४ शनिबार

निजी_स्वास्थ्य_संस्था लागुऔषध औषधि