समाज

गमगढी बजारमा सोलार बत्ती जडान

गमगढी बजारमा जडान गरिएको सौर्य बत्ती। तस्बिरः नागरिक

मुगु–सदरमुकाम गमगढीको पुरानो तथा मूल बजार सडकमा सोलार बत्ती जडान गरिएको छ। छायाँनाथ रारा नगरपालिकाले गमगढी बजारका पाँचवटा चोकमा  सडक बत्ती जडान गरेको हो। 

नगर प्रमुख हरिजंग शाहीले बजार क्षेत्रमा शान्ति सुरक्षा, बटुवालाई आवतजावतमा सहज र बजारलाई रातको समयमा उज्यालो बनाउन सडक बत्ती जडान गरिएको बताए। उनले अहिले परीक्षणका रुपमा सदरमुकामका पाँच स्थानमा स्वचालित सडक बत्ती जडान गरिएको र भविष्यमा क्रमिकरूपमा नगर क्षेत्रका ग्रामीण बजार र सडकहरूमा समेत सडक बत्ती जडान गर्ने योजना रहेको जानकारी दिए। 

गमगढी बजारका व्यस्त चोकहरू अदालत चोक, मिलन चोक, कृष्ण चोक, महाकाली मावि चोक र चैन चोकमा सडक बत्ती जडान गरिएको हो। 

प्रकाशित: ७ असार २०७६ ०८:१९ शनिबार

सडक_बत्ती मुगु