समाज

धादिङमा बोलेरो जीप दुर्घटना, चार जनाको घटनास्थलमै मृत्यु

धादिङ - धादिङको गल्छी गाउापालिका वडा नं ६ बाँझगाउँमा बोलेरो जीप दुर्घटना हुदाँ चार जनाको घटनास्थलमै मृत्यु भएको छ। गल्छी गाउँपालिका वडा नं ५ को सिरुवारीबाट बैरेनीतर्फ जाँदै गरेको बा १८ च ९४०८ नम्बरको जीप दुर्घटना भएको हो। दुर्घटनामा ८ जना घाइते भएको प्रहरीले जनाएको छ।

घाइतेहरुको अहिले उद्धा गरी विभिन्न अस्पतालमा पठाउने क्रम जारी छ। जीप माथिल्लो सडकबाट पल्टेर तल्लो सडक सम्म आइपुगेको हो। प्रहरीको टोली घटनास्थलमा पुग्दै छ। थप विवरण आउन बाँकी रहेको छ।

प्रकाशित: ६ असार २०७६ ०७:४३ शुक्रबार

जीप_दुर्घटना मृत्यु