समाज

चलचित्र पत्रकारसँग प्रेस काउन्सिल नेपाल

काठमाडौँ - प्रेस काउन्सिल नेपालका का.वा. अध्यक्ष किशोर श्रेष्ठले काउन्सिल प्रेस स्वतन्त्रताको पक्षधर भएपनि अराजकताको पक्षधर हुन नसक्ने स्पष्ट परेका छन् । चलचित्र पत्रकारिताको अवस्था र पत्रकार आचारसंहिता बिषयक अन्तत्र्रिmया कार्यक्रम उनले काउन्सिलमा आचारसंहिता उल्लंघन सम्बन्धीे उजुरीहरुको चाप बढेको उदाहरणसहित पत्रकारमा गैरजिम्मेवारीपना बढेका बताए। श्रेष्ठले अहिलेकै स्वरू र शैलिमा मिडिया काउन्सिल विधयक आउन नसक्ने आश्वासन पनि दिए ।

काउन्सिलका सदस्य चेतनाथ धमलाले भाषा, कला र साहित्यको संयोजन नै चलचित्र भएको बताए । उनले चलचित्र भन्ने बित्तिकै नायक–नायिका मात्रैको नहुने पनि उल्लेख गरे ।  त्यस्तै काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले न्यू मिडियाका कुराहरु छलफलकै क्रममा रहेकाले काउन्सिलले युट्युब र फेसबुकलाइ नियमन गर्न नसक्ने बताए ।

त्यसै गरी चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले काउन्सिलद्वारा जारी गरिएको आचारसंहिता पढ्ने हो, भने पनि पत्रकारितामा धेरै सुधार आउने बताए । चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटाले अरु जस्तो पत्रकारिता नभएर चलचित्र पत्रकारिताको महत्व अभैm धेरै भएकाले समाचार लेख्दा सोचेर र बुझेर मात्र लेख्नु पर्ने बताए ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ, प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य चेतनाथ धमला, प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसाल, प्रेस काउन्सिल नेपालका उपप्रशासकीय अधिकृत रामप्रसाद पोखरेल, चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई,चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटालगायत कला र सिनेमाक्षेत्रसँग सम्बन्धित  पत्रकारहरुको सहभागिता थियो । कार्यक्रममा चलचित्र पत्रकार संघको तर्फबाट नेपाली चलचित्र पत्रकारिता बिषयक अवधारणा पत्र प्रस्तुत गरिएको थियो । कार्यक्रममा ४० जनाको सहभागिता थियो ।

 

 

 

 

प्रकाशित: ६ असार २०७६ ०७:०९ शुक्रबार

प्रेस_काउन्सिल_नेपाल चलचित्र_पत्रकार