समाज

पाँचौं अन्तराष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैं

भैरहवा -  पाँचौं अन्तर्राष्ट्रिय योग दिवस आज नेपाल सहित विश्वका १९४ देशमा योग र आयुर्वेदसम्बन्धी विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ।। ग्रेगोरियन पात्रो अनुसार जुन महिनाको २१ तारिखमा विविध कार्यक्रम गरी अन्तराष्ष्ट्रिय योग दिवस मनाउने गरिन्छ। रुपन्देहीको भैरहवा, धकधई सहित विभिन्न ठाँउमा बिहानैदेखि योग शिविर तथा योग सम्बन्धि कार्यक्रमहरु सञ्चालन भएको छ।

हिन्दु स्वयसेवक संघले धकधईमा र नेपाल भारत अवध मैत्री समाज रुपन्देहीले भैरहवामा योग अभ्यास तथा शिविर गरेको छ। प्रदेश सभा सदस्य सन्तोस पाण्डेको प्रमुख आतिथ्यतामा उक्त शिविर भएको छ जसमा यसक्षेत्रका उद्योगी, व्यवसायी शिक्षक एवम् विद्यार्थीहरुको उपस्थिती रहेको थियो।

योग प्रशिक्षक तथा समाजसेवी नारायण प्रसाद अग्रवालले योग दिवशको अवसरमा प्रशिक्षण दिएका थिए। शारीरिक रुपमा स्वस्थ, मानसिक रुपमा शान्त र आधात्मिक रुपमा उच्च चेतनायुक्त भएर जिउने कलालाई नै योग हो, पूर्वीय दर्शनको एउटा महत्वपूर्ण उपहारका रूपमा योगलाई विश्वसामू परिचित गराउनु आवश्यक रहेको अग्रवालले बताए।

बदलिँदो जीवनशैली, गलत खानपानका साथमा शरीरमा अक्सिजनको कमीका कारण अहिले मानिसहरु विभिन्न रोगबाट ग्रसित छन्। योगले शरीरमा अक्सिजनको कमीलाई समेत पूरा गर्ने र शरीरका सबै जोर्नीहरु चलायमान बनाउने हुदा यसको दिवशमा मात्र नभई सधैनै आवश्यक रहेको शिविरका आयोजक नेपाल भारत अवध मैत्री समाज रुपन्देहीका अध्यक्ष अजय कुमार गुप्ताले बताए।

विवेकको साधना गर्नु, मनको विग्रह नियन्त्रित गर्नु, आत्म साक्षात्कार गर्नु नै योग भएकोले यसबाट मानिसमा रोग प्रतिरोधात्मक क्षमतालाई बढाउँन, बुढेसकालमा पनि जवान झैं स्वस्थ र स्फूर्त बनाउँन सकिन्छ। योगका आसनहरूले मांसपेशीलाई बलियो बनाउने, तनाव हटाई मीठो निद्रा लगाउने,  भोकले गर्दा पाचन प्रक्रियालाई सही ढंगबाट संचालन गरी स्वासप्रश्वासको गति नियन्त्रण गर्छ।

योगलाई  शारीरिक रुपमा स्वस्थ, मानसिक रुपमा शान्त र आधात्मिक चेतका साथ जिउन सिकाउने कलाको रुपमा चिनिन्छ। नेपाल लगायत विश्वभरि मानवीय जीवन शैलीमा परिवर्तन भैरहेको छ। बदलिँदो जीवनशैली, गलत खानपानका साथमा शरीरमा आवश्यक पोषण व्यायामको कमीले विभिन्न रोगको सिकार पनि भैरहेका छन्। योगले मानिसको  जीवन शैली अनुशासित बनाउन साथै शारीरिक र मानसिक रुपमा चुस्त राख्न मद्दत गर्दछ।

प्रकाशित: ६ असार २०७६ ०३:३१ शुक्रबार

योग_दिवस योग