समाज

सरकारले पशुपतिनाथको जग्गाको लालपूर्जा नदिएको खुलासा

काठमाडाैं– सरकारले पशुपतिनाथको मूल मन्दिर रहेको जग्गाको समेत लालपूर्जा नदिएको खुलासा भएको छ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले पशुपतिनाथको मूल मन्दिर रहेको जग्गाको समेत सरकारले लालपूर्जा नदिएको जानकारी दिएका छन्। बिहीबार संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा समितिका सदस्यहरुलाई उनले पशुपतिनाथको मूल मन्दिरको जग्गाको लालपूर्जा समेत सरकारले नदिएको बताए। लालपूर्जाका लागि नापी विभागमा निवेदन दिएपनि त्यहाँबाट उपलब्ध नभएकोमा आफूलाई दुःख लागेको उनको भनाइ थियो।

सदस्य सचिव ढकालले पशुपतिनाथको जमिन भने कसैले पनि अतिक्रमण नगरेको दावी गरे। लालपूर्जा नभएपनि पशुपतिनाथको अचल सम्पत्तिको रुपमा रहेको जग्गा भने कसैले पनि अतिक्रमण नगरेको पशुपति क्षेत्र विकास कोषको भनाइ छ।

कोषले प्राविधिक जनशक्तिको अभावमा पशुपति क्षेत्रमा रहेका सम्पदाहरुको पुनर्निर्माणको कामले गति नलिएको पनि जनाएको छ ।

प्रकाशित: ५ असार २०७६ ११:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App