समाज

रोकेर राखिएको स्काभेटरमा अज्ञात समूहद्वारा आगजनी

अज्ञात समूहले आगजनी गरेको स्काभेटर तस्बिरः गिरीराज/नागरिक

पाँचथर– जिल्लाको दक्षिणी मिक्लाजुङ गाँउपालिका–७ लेखगाँउमा राखिएको स्काभेटरमा अज्ञात समूहले आगजनी गरेको छ। राँके–भेडेटारसडक खण्डको कामकालागि राखिएको ज्वाला निर्माण सेवाको बा ३ ख ५६६ नम्बरकाेस्काभेटरमा गए राति आगजनी भएको हो।

रातिको समयमा पढ्केको जस्तो आवाज आएको स्थानीयको भनाई छ। आगजनी भएको स्काभेटर नजिकै ‘होसियार टाइम बम छ’ लेखिएको पर्चा भेटिएको प्रहरीले जनाएकाे छ। घटना हेर्दा आगो लगाइएको जस्तो देखिएको पाँँचथरका प्रहरी प्रमुख डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए।

प्रहरी निरीक्षकको  कमाण्डमा प्रहरी परिचालन गरिएको उनले जानकारी दिए। खान्द्रुङ प्रहरी चौकीबाट बिहानै घटना स्थलवरीपरि प्रहरी परिचालन गरिएको छ। यो खण्डमा विभिन्न चरणमा भारतीय ठेकेदारकम्पनीले काम गरिरहेको छ।

प्रकाशित: ५ असार २०७६ ०३:४८ बिहीबार

स्काभेटर आगजनी टाइम_बम