समाज

सुनकोसीमा र्‍याफ्टिङको सफल परीक्षण

सुनकोसीमा परीक्षण–याफ्टिङमा सहभागी रौतामाई र त्रियुगाको टोली। तस्बिरः महेश्वर/नागरिक

उदयपुर–उदयपुर र खोटाङको सीमा भएर बग्ने सुनकोसीमा र्‍याफ्टिङको सफल परीक्षण गरिएको छ। जिल्लाको रौतामाई गाउँपालिका र त्रियुगा नगरपालिकाको प्रयासमा मंगलबार गरिएको परीक्षण र्‍याफ्टिङ सफल भएको हो। 

र्‍याफ्टिङ व्यवसायको प्रचुर सम्भावना रहेको भन्दै रौतामाई र त्रियुगाले सुनकोसीमा परीक्षण गर्दा सफल भएको रौतामाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खम्बराज राईले बताए। उनका अनुसार गोर्खा बीच एडभेन्चर क्याम्प प्रालि काठमाडौंको र्‍याफ्टिङ टोलीले रौतामाई–५ को फोक्सिन्टारदेखि त्रियुगानगरपालिका–१४ को धाब्लाङसम्म १३ किलोमिटर दूरीमा परीक्षण गरेको हो। सो दूरीभित्रका चार ठाउँमा भने ‘र्‍यापिड’ क्षेत्र (उचाल्ने पछार्ने भँगालो) र बाँकी सामान्य रहेको उनको भनाइ छ। 

 

प्रकाशित: ४ असार २०७६ ११:५१ बुधबार

सफल_परीक्षण सुनकोसी र्‍याफ्टिङ