समाज

प्रधानसेनापति थापा–जेन झाओ भेट

काठमाडौ – प्रधानसेनापति पूर्णचन्द्र थापा र चीनको वेस्टर्न थ्रिएटर कमाण्डर जेन झाओ जोङछीबीच शिष्टाचार भेट भएको छ। चिनियाँ जनमुक्ति सेनाको औपचारिक असार १ बाट साताव्यापी चीन भ्रमणमा रहेका उनले सोमबार छेन्दुमा जेन झाओसँग भेट गरेका हुन्।

सोमबार नै प्रधानसेनापति थापाले विभिन्न पर्यटकीय स्थलको समेत भ्रमण गरेका थिए। प्रधानसेनापति थापा मंगलबार छेन्दुबाट बेइजिङ पुगेका छन्। त्यहाँ उनले नेपाली दूतावासले आयोजना गरेको औपचारिक कार्यक्रममा पनि सहभागिता जनाएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। प्रधानसेनापति थापा भ्रमण सकेर असार ७ मा स्वदेश फर्किने कार्यक्रम रहेको छ।

प्रकाशित: ४ असार २०७६ ०२:२० बुधबार

पूर्णचन्द्र_थापा चीन