समाज

सर्पको टोकाइबाट बालकको ज्यान गयो

रौतहट– सर्पको टोकाइबाट एक बालकको ज्यान गएको छ। मंगलवार स्थानीय गढिमाइ नगरपालिका–१ समनपुरका लोरिक सहनिको १२ वर्षिय छोरा बिबेक सहनिको बिषालु गोमन सर्पको टोकाइबाट ज्यान गएको हो।

बिहान आमासँगै खेतमा काम गरिरहेका बेला बिबेकको खुट्टामा सर्पले टोकेको थियो। सर्पको टोकाइबाट गम्भीर बनेका बिबेकलाइ उपचारका लागि जिल्ला अस्पताल गौर लैजाने क्रममा बाटोमै ज्यान गएको गढिमाइ नगरपालिका नासु कामेश्वर सहनीले बताए।

पछिल्लो पाँच दिनदेखि बढेको अत्यधिक गर्मीको कारण जमिन मुनि लुकेर बसेका गोमन सर्प बाहिर निस्किएर सर्वसाधारणलाई टोकिरहेका छन्। बैशाख, जेठ र असारको पहिलो साता सम्म करिब छ सय बढी सर्वसाधारण सर्पको टोकाइबाट जिल्ला अस्पताल गौरमा उपचार गराइसकेको छ।

प्रकाशित: ३ असार २०७६ १०:५१ मंगलबार

बिषालु_गोमन_सर्प टोकाइ