समाज

भक्तपुर दरबार क्षेत्र हरियाली बनाइने

भक्तपुर – भक्तपुरको दरबार क्षेत्र परिसरमा हरियाली कायम हुने भएको छ। दरबार क्षेत्र परिसरमा हरियाली प्रवद्र्धन गर्न गमलामा आइतबार विभिन्न जातका फूल र हरियाली हुने विरुवाहरु रोपिएपछि हरियाली कायम हुने भएको हो। भक्तपुर नगरपालिकाले नियमित पाक्षिक सरसफाइ कार्यक्रमअन्तर्गत आइतबार गमलामा विभिन्न जातका फूल र हरियाली हुने विरुवा रोपिए।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विभिन्न जातजातिका फूल र बोटहरुले सम्पदास्थल शृंगार्ने उद्देश्यअनुसार नगरपालिकाले दरबार क्षेत्रमा गमला र फूलको व्यवस्था गरेको जनाए। यसलाई क्रमशः बिस्तार गर्दै जाने बताउँदै प्रमुख प्रजापतिले सम्पदा स्थलहरुमा रात्रीको समय बत्तीको व्यवस्था गरिरहेको जानकारी पनि गराए।

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भूकम्पले क्षति पुयाएका सम्पदाहरु क्रमशः पुनर्निर्माण गरिरहेको जनाइन्। ठूल्ठूला संरचना पुनर्निर्माण गर्न संघीय सरकारबाट अपेक्षित सहयोगप्राप्त नभएकाले कला–संग्रहालय भवन, पुरानो नगरपालिकाको भवन र पुरानो नक्सा शाखा भवन पुनर्निर्माण कार्य ढिलो भएको उनले जनाइन्।

प्रकाशित: २ असार २०७६ ०२:२७ सोमबार

भक्तपुर_दरबार हरियाली