समाज

लोकसेवाका अध्यक्ष भन्छन् : प्रदेश लोकसेवा छिटो गठन होस्

काठमाडौं- लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले संवैधानिक व्यवस्थालाई आयोगले पूर्ण कार्यान्वयन गरिरहेको बताएका छन्।

अध्यक्ष मैनालीले प्रदेश लोकसेवा आयोगको गठन छिटोभन्दा छिटो होस् भन्ने अपेक्षा गरिएको पनि स्पष्ट पारे। आयोगको ६९ औं वार्षिकोत्सवको अवसर पारेर आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले प्रदेश लोक सेवा आयोग गठन छिटोहोस् भनेर आयोगले अभ्यास गरिरहेको सिद्धान्त, आधार र मापदण्डसम्बन्धि जानकारी संसदीय समितिमा पनि पेश गरिएको जानकारी पनि दिए। अध्यक्ष मैनालीले आयोगले आफ्नो कामलाई नागरिकको नजरबाट मूल्यांकन गर्दै अघि बढाएको दावी पनि गरे।

अध्यक्ष मैनालीले नागरिकहरु र विशेष गरी युवाहरुको विश्वासलाई गुम्न नदिन आयोग सचेत रहेको पनि बताए।

प्रकाशित: १ असार २०७६ ०९:२४ आइतबार

लोकसेवा आयोग प्रदेश_लोकसेवा