समाज

१९ डीआईजीको सरुवा, को कहाँ पुगे ? (सूची)

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका १९ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को १९ सरूवा गरेको छ। मन्त्रालयले शनिबार उनीहरुको सरुवा गरेको हो।

डीआईजी केदार रिजालको प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालय, कमल बहादुर जिटीको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा,भरतपुर तालिम केन्द्रमा हरिभक्त प्रजापति, विशेष ब्युरोमा हरिबहादुर पाल, अख्तियारमा कमल जिटी र महिला बालबालिका सेवा निर्देशनालयमा पिताम्बर अधिकारी सरुवा भएका छन्।

मन्त्रालयले एक नम्बर प्रदेशमा ठाकुर ज्ञवाली, दुई नम्बर प्रदेशमा प्रद्युम्न कार्की, तीन नम्बर प्रदेशमा शेरबहादुर बस्नेत, गण्डकी प्रदेशमा विनोद शर्मा घिमिरे, पाँच नम्बर प्रदेशमा सुरेशबिक्रम शाह, कर्णाली प्रदेशमा पूर्णचन्द्र जोशी र सुदूरपश्चिम प्रदेशमा तारिणी लम्साल सरुवा भएका छन्।

प्रकाशित: ३२ जेष्ठ २०७६ १३:५४ शनिबार

गृह_मन्त्रालय डीआईजी सरूवा