समाज

बंगलादेशी राजदूत सम्मानित

काठमाडौं–नेपाली साहित्य, संगीत र संस्कृति संरक्षणमा योगदान पु¥याएको भन्दै नेपालका लागि बंगलादेशकी राजदूत म्यासम विन्ते चाम्सलाई अलिमियाँ लोक वाङ्मय प्रतिष्ठान पोखराले सम्मान गरेको छ।

बिहीबार आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले उनलाई सम्मानपत्र प्रदान गरेका थिए। त्यस अबसरमा राजदूत चाम्सले नेपाल र बंगलादेश दुवै सम्मृद्धितिर अघि बढेको भन्दै दुई देशबीच कला र साहित्यको सम्बन्ध अझ प्रगाढ बनाउनु पर्नेमा जोड दिइन्। त्यस्तै उपकुलपति गुरुङले स्व. लोककवि अलिमियाँको योगदानको चर्चा गरेका थिए।

कार्यक्रममा पूर्व गर्भनर दीपेन्द्र बहादुर क्षेत्री, प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँ, राष्ट्रिय सभाका सदस्य सुमन प्याकुरेल, प्राज्ञ हरिदेवी कोइराला र प्रतिष्ठानका सचिव पदमराज ढकाल लगायतले दुईदेश बीचको साहित्यिक विकासमा योगदान पु¥याउने प्रतिबद्धता जनाएका थिए।

 

प्रकाशित: ३२ जेष्ठ २०७६ ०३:४८ शनिबार

संस्कृति संगीत संरक्षण राजदूत