समाज

सिमेन्ट उद्योगको भवन भत्किँदा तीन जनाको मृत्यु, तीन घाइते

दाङ - दाङ स्थित सम्राट सिमेन्ट उद्योगको भवन भत्किँदा तीन मजदुरको मृत्यु भएको छ। भवन निर्माण गर्ने क्रममा भवनको भत्कँदा तीन भारतीय मजदुरको मृत्यु भएको उद्योगले जनाएको छ।

शनिबार बिहान साढे १ बजेतिर लमही नगरपालिका वडा नम्बर ७ स्थित उद्योगको निर्माणाधिन भवन भत्कँदा  भारतीय नागरिक साहेब बोद्रा,दयाल हरेन र मंगल कश्यपको मृत्यु भएको उद्योगका जिएम रेमन्त ढकालले जानकारी दिए।  उद्योगका अनुसार ती मजदुरहरुले पाँच तलामाथि भवन निर्माणको काम गरिरहेका थिए।

पाँचौँ तलामाथि थप अर्को थला थप्नका लागि पीलर निर्माणको काम गर्दैगर्दा भवन भत्किएको हो। निर्माणको काम गरिरहेका ६ जना मध्य तीनजनाको मृत्यु भएको र तीन जना घाइते भएका छन्। घाइते हुनेहरुमा अजय हेरेन,नरेन बोर्डोलाई र बिटेन  बोर्डोलाई रहेका छन्। घाइतेहरुलाई उपचारका लागि भैरहवा लगिएको छ।

उद्योगका जिएम ढकालका अनुसार पाँचौँ तला भत्कँदा जमिनमा खसेका तीनजनाको घटनास्थलमै मृत्यु भएको हो। भने बिच तलामा अडिएका तीनजना घाइते भएका हुन्। ‘भवनको पाँचौँ तलामाथि अर्को तला थप्ने क्रममा तला खस्यो र संगै उनिहरु ६ जना खसे,’जिएम ढकालले भने ‘माथिबाट भुईँमै खसेका तीनजनाको मृत्यु भयो भने बीच तलामा अिड्कएकाहरु घाइते भए।’ उद्योगको ‘प्रि हिटर’ भवन निर्माण गर्ने क्रममा भत्किँएको हो।

 

प्रकाशित: ३२ जेष्ठ २०७६ ०१:४८ शनिबार

मृत्यु सिमेन्ट_उद्योग मजदुर