समाज

नन्दु होटेलमा तीन दिनदेखि किशोरी बलात्कृत

रौतहट– रौतहटमा एक किशोरी बलात्कृत भएकी छिन्। रौतहटको सदरमुकाम गौरस्थित एक होटेलमा विभिन्न प्रलोभन दिएर एक किशोरीको बलात्कार भएको हो।

गौर नगरपालिका–३ का १९ वर्षीया चन्दन दुबेले विभिन्न प्रलोभन देखाएर गत २७ जेठदेखि एक युवतीलाई होटेलमा राखेर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

गौर बसपार्कमा उभिरहको अवस्थामा युवतीलाई फकाएर दुबेले गौरको बसपार्कसँगै जोडिएको इन्दु होटेलमा लगेर तीन दिनदेखि पटक बन्धक बनाएर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक एसपी भुपेन्द्र खत्रीले बताए। पक्राउ परेका दुबेलाई जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान जारी रहेको एसपी खत्रीले बताए।

प्रकाशित: ३१ जेष्ठ २०७६ १६:१० शुक्रबार

बलात्कृत इन्दु_होटेल