समाज

पित्तथैलीको अप्रेसन गर्दा विरामीको मृत्यु, अस्पतालमा नाराबाजी

काठमाडाैँ - पित्तथैलीमा समस्या देखा परेपछि ओम अस्पतालमा भर्ना भएकी सिन्धुपाल्चोक इन्द्रवातीकी ५० वर्षीय रामप्यारी थापाको मृत्यु भएको छ। थापाको पित्तथैलीको अप्रेसनको क्रममा ज्यान गएको गाैशाला वृतका डीएसपी प्रदिप सिंहले बताए। विरामी भएर थापा गत शुक्रबार अस्पतालमा भर्ना भएकी थिइन्।

विरामीको मृत्यु भएपछि अस्पताल प्रशासनले विहीबार विहान परिवारका सदस्यलाई थापाको मृत्युबारे जानकारी गरापछि केही समयकाे लागि अवस्था तनावपूर्ण भएकाे थियाे। परिवार तथा आफन्तले अस्पतालको लापरबाहीका कारण विरामीको मृत्यु भएको भन्दै अस्पताल परिसरमा नाराबाजी गरेका छन्।

आफन्तहरूले नाराबाजी गर्न थालेपछि प्रहरी त्यहाँ पुगेको छ।प्रहरीले नाराबाजी र भीडलाई नियन्त्रणमा लिएर दुवै पक्षबीच सहमति गराउन जुटेको छ।

प्रकाशित: ३० जेष्ठ २०७६ ०६:२८ बिहीबार

पित्तथैली अप्रेसन