समाज

घाटी रेटिएको अवस्थामा नवजात शिशुको शव

काठमाडौं - काठमाडौंको लाजिम्पाटमा नवजात शिशुको शव घाटी रेटिएको अवस्थामा फेला परेको छ। बुधबार राति सांग्रिला होटल अगाडि सडक किनारमा धारिलो हतियार हतियारले घाटी रेटिएको अवस्थामा नवजात बालिकाको शव फेला परेको महानगरीय प्रहरी वृत सोह्रखुट्टेका प्रहरी निरीक्षक राजकुमार भट्टले जानकारी दिए।

शव प्लाष्टिकको झोलामा राखिएको अवस्थामा भेटिएको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरी निरक्षिक भट्टले बताए। शिशुको शव अहिले शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको उनले बताए।

प्रकाशित: ३० जेष्ठ २०७६ ०२:३६ बिहीबार

शव नवजात_शिशु धारिलो_हतियार