समाज

पोखरामा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले गोली चलायो, असई घाइते (फाेटाे फिचर)

पोखरा - पोखरामा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले गोली चलाएको छ। गोली चलाएर लागुऔषध कारोबारी समूहका नाइके गोविन्द थापा (जोन) लाई प्रहरीले उत्तम चोक बाट पक्राउ गरेको हो।

विक्री गर्नको लागि लागुऔषध लिएर हिँडेको खबरपछि पछ्याउँदै गएको प्रहरीलाई नै आक्रमण प्रयास भएपछि प्रतिरक्षाका लागि गोली चलाइएको कास्कीका प्रहरी उपरीक्षक दान बहादुर कार्कीले जानकारी दिए। उनले भने,'मोटर साइकलमा आएका थापाले पहिला प्रहरीमाथि गोली चलाएपछि प्रहरीले प्रतिरक्षाको लागि गोली चलाएको थियो।'

थापाको खुट्टामा गोली लागेको छ।  खुट्टामा गोली लागेर घाइते थापाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

थापाको साथबाट डाईजोपाम, नुर्फिन र फेनार्गनलगायत १५ सय थान लागू औषध बरामद गरिएकाे प्रहरीले जनाएको छ। पक्राउ परेका थापाको आक्रमणबाट एक असइ समेत सामान्य घाइते भएको छन्। थापा यसअघि लागूऔषध ओसार पसार गरेको आरोपमा दुबईमा समेत पक्राउ परेको प्रहरीले जनाएको छ ।  थापाको साथबाट प्रहरीले १५ सय सेट लागूऔषध बरामद गरेको छ।

लागुऔषध_कारोबारी लागुऔषध गोली पक्राउ