समाज

पोखरामा गोली चल्यो, एक जना पक्राउ

काठमाडौं - प्रहरीले गोली चलाएर एक जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ। पोखराको उत्तम चोकमा लागूऔषध कारोबारी गोविन्द थापा ‘जोन’लाई पक्राउ गर्ने क्रममा गोली चलाएकाे हो। प्रहरीमाथि आक्रामण गर्न खोजेपछि गोली चलाइएको प्रहरीले जनाएको छ। थापाको आक्रमणबाट एक जना प्रहरी सामान्य घाइते भएका छन्। थापा यस अघि पनि लागुऔषध कारोबारमा दुबइमा पक्राउ परेका थिए।

प्रकाशित: २९ जेष्ठ २०७६ ०६:५३ बुधबार

पक्राउ गोली