समाज

नागरिककर्मी श्रेष्ठसहित ११ पत्रकार सम्मानित

मकवानपुर – मकवानपुरका नागरिककर्मी अशोकसुजन श्रेष्ठ उत्कृष्ट चलचित्र पत्रकारिता वर्ष अवार्डबाट सम्मानित भएका छन्। दोस्रो हेटौंडा जर्नालिज्म अवार्ड–२०७६ मा न्यू मिडिया एकेडेमी प्रालि हेटौंडाले उनलाई नगद ५ हजार रुपैयाँसहित सो अवार्डले सम्मान गरेको हो।

त्यस्तै, उत्कृष्ट खेलकुद पत्रकारिता वर्ष अवार्ड राजन दाहाललाई, उत्कृष्ट आर्थिक पत्रकारिता वर्ष अवार्ड केशव समर्पणलाई, उत्कृष्ट खोज पत्रकारिता वर्ष अवार्ड कृष्ण सारु मगरलाई र उत्कृष्ट सम्पादक वर्ष अवार्ड सुवास विडारीलाई प्रदान गरिएको थियो। साथै, नव उदयमान पत्रकार वर्ष अवार्ड सृजना नेपाललाई, उत्कृष्ट अनलाइन पत्रकारिता वर्ष अवार्ड सुनिल सिवाकोटीलाई, उत्कृष्ट प्रस्तोता वर्ष अवार्ड दर्शन क्षेत्रीलाई र उत्कृष्ट सामाजिक पत्रकारिता वर्ष अवार्ड गणेश अधिकारीलाई प्रदान गरिएको थियो।

कार्यक्रममा उत्कृष्ट पुरुष पत्रकार वर्ष अवार्ड बालकृष्ण अधिकारी र उत्कृष्ट महिला पत्रकार वर्ष अवार्ड नानीमाया सापकोटालाई प्रदान गरिएको एकेडेमीले जानकारी दिएको छ। उत्कृष्ट वर्ष अवार्ड प्राप्त गर्ने पत्रकारलाई जनही ५ हजार तथा उत्कृष्ट पुरुष र उत्कृष्ट महिला पत्रकार वर्ष अवार्ड प्राप्त गर्नेलाई जनही १० हजार रुपैयाँसमेत प्रदान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि एवं प्रदेश ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेल, प्रदेश ३ की सांसद मुनु सिग्देल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना लामा, भीमफेदी गाउँपालिकाकी उपाध्यक्ष पार्वती राना, नेपाल उद्योग वाणिज्य महासंघका सदस्य अरुणराज सुमार्गी, उद्योग संघका अध्यक्ष नवराज अर्याल, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाललगायतले दोसल्ला ओढाएर पत्रकारहरूलाई अवार्ड तथा नगद पुरस्कार प्रदान गरेका थिए। कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका पूर्वअध्यक्षहरूलाईसमेत सम्मान गरिएको थियो।

प्रकाशित: २८ जेष्ठ २०७६ ०१:४९ मंगलबार

नागरिककर्मी सम्मानित चलचित्र-पत्रकारिता-वर्ष-अवार्ड